Tuesday, December 29, 2009

आकाशका परिहरु

जमिनभन्दा माथिको संसार जहाँ हावा र त्यही हावासँग रमाउने पंक्षीहरुको संसार छ । हो त्यही पंक्षी र निलो आकाशको संसारसँग नाता गाँस्ने सपना । सपनामा त अझैसम्म नाता गाँस्न सकिएको छैन रे । पक्षी र बादलमात्र रमाउने संसारसँग मितेरी गाँस्दा कस्तो रमाइलो होला । सायद यस्तै कल्पना थियो सानो छँदा बाराकी सरु सिम्खडाको । त्यसैले होला उनी आकाश उडानका लागि अथक परिश्रम गर्दैछिन ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारितामा स्नातक पढ्दै गरेकी सिम्ला बाराकी सरुलाई पढाइ र पेशा अलग-अलग भएकोमा कुनै पछुतो छैन । पत्रकारिताको पढाईसँगसँगै आकाशमा उड्ने सपना साचेर बानेश्वरको स्काईवर्ड टेनिङ्ग सेन्टरमा एयरहोस्टेजको टेनिङ्ग लिइरहेकी छिन उनी । सिमराको आकाशमा हवाई जहाज उड्दा उनलाई त्यही जहाजमा उड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो रे ? इच्छाहरु हवाईजहाजको आवाजसँगै कल्पनामा उड्थे । अब उनी कल्पनाको आकाशमा होइन यथार्थ आकाशमा उड्नेछिन र भन्नेछिन -बाबा, मामु म साच्चै आकाशमा उडे । अनि सिमरामा दुखजिलो गरेर उनलाई आकाशमा उडाउने इच्छा पालेर बसेका उनका अभिभावकहरु भन्ने छन् स्याबास नानु ।फरक-फरक रुचीको यो संसारमा सामान्य जीवनभन्दा फरक जीवनशैली खोज्ने परम्पराको विकास हुदैछ । जागरिलो जीवनशैलीलाई माया गर्नेहरु पनि नभएका होइनन् । तर, यो मुलुकमा जागर पोख्ने ठाउँ नै कहाँ छ र ? समुन्द्र पारीका देशहरुमा भएको भए उनीहरुको चाहना समयमै पूरा हुन्थ्यो होला ? क्षेत्रपाटीकी बर्षा महर्जन हँसिलो मुहारमा मेरा यस्तै प्रश्नहरुको भीडमा थिइन । सायद, नेपाल उभो गतिमा लाग्यो भने उनको पौरख यो नेपालको लागि हुनेछ ।

सभ्य, शालीन र लोभलाग्दो नयाँ नेपालको परिचय बोक्ने आधुनिक युवती बन्नेछिन उनी, एयरहोस्टेज ।बल्खुको बर्नहार्ट कलेजमा बिबिएस पढिरहेकी बर्षा स्काईवर्ड टेनिङ्ग सेन्टरमा आधुनिक सभ्यताको पाठ सिक्दैछिन । भन्छिन्-"मलाई एकछिन पनि फुर्सदमा रहन मन पर्दैन । एयरहोस्टेज ब्यस्त पेशा भएर नै मैले यो पेशा रोज्ने निर्णय गरेकी हुँ ।" फुर्सदिलाहरुको भीड भएको काठमाडौंमा बर्षा जस्तै सबै युवतीहरु भइदिएको भए । उनको यो ब्यस्त हुने सपना पूरा भएन भने के उनी पनि फुर्सदिला युवतीहरुको भीडमा भेटिएलीन त ? होइन, सायद उनी इन्जिनियर बन्नेछिन । भन्छिन्-"म एयरहोस्टेज हुन सकिन भने आइटीतिर लाग्छु ।प्रतिष्ठित पेशा, ग्ल्यामर जीवनशैली देखेर आएका युवती पनि प्रशस्तै छन् । प्रसादी एकेडेमीबाट प्लस टु सकेर नेशनल मल्टिपल कलेजमा स्नातक अध्ययन गरिरहेकी पूल्चोककी सचिना महर्जन ब्यक्तित्व विकासका लागि आफूले यो पेशा अंगाल्ने सोच बनाएको बताउँछिन । उनकै सहपाठी अनिता रजक भने लोभलाग्दो र रमाइलो पेशा भएकोले आफूले एयरहोस्टेजको तालिम लिइरहेको सुनाउछिन । सेता दाँतहरुलाई रंगीन ओठहरुले ढाक्दै उनीहरु खुशीसाथ भन्दै थिए -'टेक्नीकल र आकर्षक पेशा भएकोले हामी एयरहोस्टेज बन्न चाहेका हौ ।' पंक्तिकारले मनमनै भन्यो गुड लक सचिना, गुड लक अनिता । तिमीहरुको आकाशमा फन्को मार्ने सपना ईश्वरले पूरा गरिदिउन् ।भक्तपुरमा बसेर निक्लसन कलेजमा म्यानेमेन्ट पढिरहेकी विराटनगरकी स्रष्टीका अधिकारी अभिभावकको रुचीको रंगमा आफ्नो रुची मिसाउँदै बानेश्वरको टेनिङ्ग सेन्टर धाइरहेकी छिन । मलाई मेरा अभिभावकले नै एयरहोस्टेज बनाउन चाहनु भएको हो । तर यतिमात्र होइन मेरो रुची पनि त हो ।'-उनी आफ्नो कारण खोल्छिन । भक्तपुरदेखि नयाँ बानेश्वरसम्मको दैनिकयात्रा अझ बिहान कलेज पनि धाउनैपर्ने ओभरलोड हुदैन? ।'हुदैन त्यस्तो लाग्दैन सायद आफ्नो रोजाइको भएर पनि होला ।' स्रष्टीका भन्छिन् । दिल खोलेर मुस्कुराउँदै मेरो क्यामराको लेन्समा हेरिरहेकी सष्टीकालाई क्यामराको क्लिक-क्लिकसँगै पंक्तिकार काँचको सिसाबाट नियाल्दै भन्यो-क्याबात स्रष्टी भविष्यमा पनि यस्तै मुस्कुराइरहनु तिमीले ।सिन्धुपाल्चोककी निर्मला आचार्यलाई त यो क्षेत्र अरु सबै क्षेत्रभन्दा एक्स्ट्रा लागेछ अनि चाबेलको बि्रलियन्ट कलेजको पढाइलाई थाती राख्दै एयरहोस्टेज टेनिङ्ग लिन थालिछन् । यसैगरी काठमान्डौको अर्को टेनिङ्ग सेन्टरमा यो पक्तिकारले भेटेका दीपा र बबिता भर्खरै टिनएज टेकेका युवतीहरु हुन् ।

डिल्लीबजारको पद्यमकन्या कलेजमा प्लस टु पढ्दै गरेकी दीपा र जनमैत्री कलेज कुलेश्वरबाट प्लस टु सिध्याएर स्नातकमा पढ्दै गरेकी बबिता दुवै दिदी बहिनीलाई एयरहोस्टेजको ग्ल्यामरले लोभ्यायो । अनि त्यही लोभले उनलाई टंगालदेखि बानेश्वरको विङ्स टेनिङ्ग सेन्टरसम्मको यात्रा तय गरायो । विशाल दुनियाँलाई आकाशबाट नियाल्न खुबै मज्जा लाग्छ उनीहरुलाई । प्राकृतिक सुन्दरता अझै त्यसलाई आकाशबाट नियाल्दा कस्तो अनुभूति होला । उनीहरु आफै रमाए साह्रै रमाइलो । उनीहरुले सोचेका छन् पहिलो फ्लाइटमा रहँदा उनीहरुलाई संसारै जितेको भान हुनेछ । र थोरै डर पनि लाग्नेछ ।आखिर टन्नै दाम, छुट्टै परिचय, फरक ब्यक्तित्व, बेग्लै रंग, प्रतिष्ठा र ग्ल्यामर जस्ता विशेषताले नेपाली युवतीहरुको रोजाइ बन्न थालेको छ आकाश । हावामा कावा खान चाहने युवतीहरुका लाम फेसनदार पहिरनमा सजिएर राजधानीका एयरहोस्टेज टेनिङ्ग सेन्टर धाइरहेका देखिन्छ ।

केही समय अघिसम्म एयरहोस्टेजलाई नराम्रो पेशा मान्ने समाज पनि आज त्यसैमा आफ्नो इज्जत र परिचय खोज्न थालेको छ । फरिया, चोली र निधारमा रातो टीका लगाउने नेपाली युवतीहरुको शरीरमा टनक्क परेका आधा शरीर ढाक्ने लुगाहरु, खुट्टामा हिलटेक बुट, ओठमा लालीको रातो चमक, अनि आँखामा गाजलको टल्काई । निकै रौनक भेटिन्छ । चोलीको संस्कृतिक जालोमा अडेको यो समाजले आफ्नो काचुली फेर्दैछ ।प्लस टु पछि नै अगाल्न सकिने पेशा भएकोले टिनएजर युवतीहरु यसमा आकषिर्त हुदैछन् । थोरै समय, धेरै पारिश्रमिक, आकर्षक पहिरन अनि फरक स्ट्यान्डर जस्ता आकर्षणले उनीहरुलाई एयर होस्टेज बन्ने सपनामा बुनिरहेको छ । ब्यूटी त बुढो भएपछि सकिन्छ, अनी के हुन्छ त ? पंक्तिकारले सोधेको प्रश्नको सबैले एउटै जवाफ फर्काए- त्यो बेलासम्म त लाइफ नै बनिसक्छ । यदि त्यसो भएन भने बिजनेश गर्नुपर्ला ।प्रायजसो युवतीहरुले ग्ल्यामरलाई नै यो पेशा रोजाईको प्रमुख कारण ठान्छन् । वीङ्स एयर होस्टेज टेनिङ्ग सेन्टरकी निर्देशक इशा मर्धीकर्मी भन्छिन्-'ग्लाल्यामरस फिल्ड भएकै कारण यस क्षेत्रमा युवतीहरुको आकर्षण बढेको हो ।' स्काई वर्ड एयरहोस्टेज टेनिङ्ग सेन्टरकी निर्देशक रोजी भण्डारीको मत पनि उनको भन्दा फरक छैन । टेक्नीकल प्रोफेशन र ग्ल्यामर भएका कारण नै आधुनिक युवतीहरु एयरहोस्टेज तिर तानिन्छन- रोजी भन्छिन ।आजभोली टिनएजर युवतीहरुको जमातमा भेटिने इशा । १८ बर्षको उमेरमै प्लस टु सिध्याएर एयरहोस्टेज पेशामा तानिएकी हुन उनी । उनी करिब ५ बर्ष आकाशको यात्रामा रहिन नेपालको आकाशमा मात्र होइन मलेसिया, दुवै अबुदाबी, कतारका आकाशमा समेत फन्को मारिन ।

रोजी भण्डारीको किस्सा पनि यस्तै छ उनी त १७ बर्षमै एयरहोस्टेज बनिन रे ? नेपालका आकाशका कुना-कुना उनको गन्तब्य बने रे । उनी रमाउँदै आफ्नो उडानलाई स्मरण गर्न थालिन ।थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने हुँदा अभिभावकहरु पनि आफ्ना नानीहरुलाई यस पेशामा लाग्न प्रेरणा भरिरहेका छन् । बग्रेल्ती खुलेका टेनिङ्ग सेन्टरहरुमा एयरहोस्टेजको आधारभुत तालिम १५०० हजारदेखि ३५ हजारसम्ममै पूरा गर्न सकिन्छ । अरु टेक्नीकल बिषयको तुलनामा यो सस्तो मानिन्छ । तर, यसका एडभान्स कोर्सहरु भने हेरी-हेरी मङ्गगा छन । ६ महिने डिप्लोमा, एक बर्षे डिप्लोमा कोर्सहरु अलि महङ्गो पर्ने बताउँछिन रोजी । उनका अनुसार १ बर्षे डिप्लोमाका लागि करिब १ लाख रुपैया खर्च गर्नुपर्ने हुन्छ । त्यसो भए उनीहरुको तलब कति छ त ? यो भन्दा धेरै एकै महिनामा २५ हजारभन्दा माथि कमाउन सकिन्छ रोजी थप्छिन ।अर्कोतिर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले समेत नेपाली एयरहोस्टेज माग्न थालेपछि यसको बजार थप विस्तार भएको छ ।

लामो समयको द्वन्द्वबाट आजित भएको नेपालमा शान्तिको स्थापनासँगै नयाँ-नयाँ एयरलाइन्सहरु थपिदै छन् । विभिन्न एयरलाइन्सहरुमा ब्यापक सुविधाहरु बृद्धि गर्दै आफुतिर यात्रुहरु तान्ने होड नै चलेको छ । जसका कारण पनि एयरहोस्टेज बन्न चाहने युवतीहरुको भीड बढेको देखिन्छ ।
जनक तिमिल्सिना

प्रेम र वाइन एकै हुन्

'वाइन र केटीमा कुन वढी नसालु' मैले सोधे । केटीहरुलेवाइन भने केटाहरुले केटी । मत वाझियो । 'मलाई तलाग्छ दुवै उस्तै हुन्' नित्यानले भने । कसरी ? 'वाइनमाअल्कोहल हुन्छ त्यसै नसालु हुने भयो । केटीहरु सेक्सीहुन्छन् त्यो पनि नसा नै हो', उनले गर्ल्फ्रेन्डले कुट्ने हुन्कीभन्ठानेर होला दुवै हात समातेर भने । 'हाउ फन्नी एन्सर' उनकी गर्ल्फ्रेन्डले भनिन् ।
-सुदर्शन सापकोटा

साँझको समय । झरीले निथु्रुक्क भिजेको छ, काठमाडौं । मधुरो उज्यालोमा सिगारको धुवाँ मडारिँदै छ । मन्द मुस्कानसागै वेटरहरू अर्डर लिन व्यस्त छन् । यो रंगिन साँझमा अंगालोमा बाँधिएर वाइनको चुस्की लिने थुप्रै छन् । लाग्छ, माहौल नै मत्तिएको छ ।न्युरोडको 'रिभल्विङ रेष्टुराँ' पुग्दा हामीलाई यस्तो लाग्यो त्यहाँको माहोल पूरै मादक छ । बारको देब्रे कुनामा दुई प्रेम जोडी वाइनको नसामा गफिरहेका छन् ।'हामी नि जोइन हुन सक्छौं ?,' आफ्नो परिचय दिँदै गफिने अनुमति माग्दा उनीहरू एकपल हिच्किचाएनन् ।'भइहाल्छ नि ।''वेदरले साथ दिएको छ आज,' रेड वाइनको चुस्की लगाउँदै सुसान्तले भने, 'आज त लिमिट क्रस गरिन्छजस्तो छ ।' सायद उनको इसारा बाहिर झमझम दर्किरहेको झरीतिर थियो ।अंगालोलाई केही खुकुलो पार्दै सुसान्तकी गर्ल्फ्रेन्ड सुमिकाले भनिन्, 'ब्वाइजहरूलाई डि्र्ङ्क्स गर्न बाहनामात्र चाहिन्छ ।'उनको ठिकअगाडि बसेका छन् नित्यान र उनकी गर्ल्फ्रेन्ड रुजिना । कानमा एयरफोनको टुसो ठुसेर मोबाइलमा गीत सुनिरहेकी रुजिना अगाडिको प्लेटबाट चिप्सचिल्ली टिप्छिन् । 'वाइनसँग स्लो मोसनका गीत सुन्न रमाइलो हुन्छ है ?''त्यसमाथि यो मौसममा,' म थप्छु ।'ठिक भन्नुभो, नित्यान मतिर हात बढाउँछन्, 'गिभ भि फाइभ ।' हामी हात पड्काउछौं ।टेबलमा हिल सिराज क्याबर्नेट ब्रान्डको रेड वाइन आधा रित्तिसकेको छ । वाइनको खाली बोतलसँगै उनीहरूको मन मात्तिदैं गएको प्रष्टै देखिन्छ । भर्खरै पढेर सिध्याएको पाउलो कोहेलोको 'इलेभेन मिनेट्स' को रोमान्टिक प्रसंग विस्तारै प्रेम प्रसंगतिर मोडिन्छ ।'वाइन खाएर 'पास्ट लभ' को कुरा गर्न मज्जा आउँछ,' नित्यानले भने, 'लभ र वाइन । कस्तो कम्बिनेसन मिल्ने !'एक वर्षअघिको प्रेम प्रसंग सम्झँदै उनले भने, 'फिलिङ्स नै नभए पनि रहरले उनी (नाम भन्न चाहेनन्) सँग हिँडियो तीन महिना पागल प्रेमी बनेर । त्यो बेला पनि हामी ठमेलको एक रेष्टुराँमा बसेर खुब वाइन पिउँथ्यौं । वाइन र कफी नभइदिएको भए लभको मजा पनि आउँदैन थियो ।'त्यही भएर होला, नेपालमा मदिरा पारखी ह्वात्तै बढ्न थालेको । तथ्यांकले पनि यही देखाउँछ ।

आर्टिकल पुरा नभएपछि नित्यानलाई थप इन्टरभ्युका लागि अरु साथीहरुसँगै आउन आग्रह गर्दै शेर्पा मलमा वोलाए । 'कहिलेदेखि वाइन पिउन थाल्नु भएको ?' उनले भने, 'थाहा छैन तर दुई बर्ष भयो होला ।' वाइन नै चै किन पिउनु हुन्छ ? प्रश्नको शिलशिला शुरु भयो । कस्तो समयमा पिउनु हुन्छ ? पिउदा कस्तो महशुस हुन्छ ? वाइन पिएर घर जादाको प्रतिकृया के हुन्छ परिवारबाट ?'पत्रकारलाई कोइसन चै कति आउने', एक्लै आएका नित्यानले भने, 'अरु डि्रङ्सभन्दा पिउन सजिलो हुन्छ । र निल्दा पनि गाह्रो हुदैन ।' छोटो समयमै कफिका लागि प्रसिद्धि कमाएको शेर्पा मल अगाडिको कौशीमा अहिले हामी कफिको स्वादमा वाइनको गफ गर्दै छौं ।साँझतिर वाइन पिउन रमाइलो हुने वताउदै उनले वाइन खाएर घर जाँदा कसैले केही नभन्ने वताए । 'वाइनलाई सिम्पल डि्रङसका रुपमा हेरिन्छ हाम्रोमा', वाफ छुटिरहेको कफि सुरुप्प पार्दै उनले भने, 'सायद नेवार भएर पनि होला ।' अहिलेको जेनेरेसनले वाइनलाई अन्य डि्रङ्सभन्दा मनपराए पनि आदत वसिनसकेको उनको वुझाइ छ । 'ग्यादरिङमा पहिलो रोजाइ वाइन हुन्छ', उनले भने, 'दिनभरी एक एक वटा टेन्सनमा होइन्छ साँझ गर्ल्फ्रेन्ड भेट्दा फन गर्न मनलाग्छ त्यो भएर वाइन पिउने हो ।उनका अनुसार, आफ्नो जेनेरेसनको सवैले वाइन पिउने गरेका छन् । वाइन भलाद्मीहरुको लागि वनाइएको सफ्ट डि्रङ्स भएकाले 'युथ' हरुले मनपराउने गरेका हुन् । उनले आफ्नो जेनेरेसनको प्रायले वाइन पिउन थालेकाले आफूले पनि वाइन शुरु गरेको वताए । मतलव देखासिखी ? 'त्यस्तो पनि होइन तर इन्करेजमेन्ट', उनले भने । वाइनले स्मार्ट महशुस गराउने उनले वताए ।वाइन पिएपछि के गर्न मन लाग्छ ? मेरो अर्को प्रश्नमा नित्यानले भने, 'हास्न मनलागछ । फन गर्छु । नेपाली वोल्दीन । गर्लफ्रेण्डसँग फ्ल्र्टिङ गर्न मन लाग्छ ।' आधा घण्टाको गफपछि शेर्पामलबाट विदा हुदै गर्दा उनले आफ्नी गर्ल्फ्रेन्ड को नम्वर दिए वाइन वार्ताका लागि ।नित्यानले मैले फोन गर्ने वताइसकेकाले रुजिनाले खुलेरै कुरा गर्न थालिन् । उनले केटाहरु जति केटीहरु वाइन नपिउने भएपनि विस्तारै केटीहरु पनि वढ्न थालेको वताइन् । भनिन्, 'संगतको कुरा हो, साथीहरु सवै खाने भएपछि म खान्न भन्न सकिन्न अनि त खानेको सख्या वढिहाल्छ नि ।' मतलव देखासिखीबाट वाइन खाने केटीहरु वढेको हो ? 'हैन देखासिखी भन्दा पनि मोडर्ननाइजले यस्तो भएको हो' उनले भनिन्, 'सवैले खाइरहेको हुन्छ कति ठाउमा वाध्यताले पनि खानु पर्ने हुन्छ ।' उनलाई वोइफेन्डसँग वसेर वाइन खादा मजा लाग्ने रहेछ । भनिन्, 'उ (नित्यान) मात्रै हुदा इजि फिल गर्छु तर अरु केटा साथीहरुसँग मलाई इजी लाग्दैन ।' रुजिनालाई ग्रुपमा घुलमिल हुन वाइनले सहयोग गर्छ भन्ने लाग्दो रहेछ । अलिअलि पिएपछि मनको कुरा खुल्ने अनि सवैसग नजिकको महशुस हुने उनले वताइन् ।अब लागौ न्युरोडस्थित 'रिभल्विङ रेष्टुरेन्ट' तिर नै । सुसान्तलाई पर्मानेन्ट प्रेमिका चाहिएको रहेछ जुन अहिले सुमिकालाई भेटेपछि पुरा भएको छ । 'उनलाई पाउनु अघि धेरैसँग लभ गरियो', उनले भने, 'तर, के के नमिलेर कसैलाई लाइफ पार्टनर वनाउन सकिएन ।' लभ भनेको वाइनजस्तै त हो । कसरी ? वाइनले स्वादका कारण पारखी वढाउँछ, लभले फिलिङ्सका कारण ।वाइनको इतिहास नेपालमा त्यति पुरानो छैन । तर लभको कसैलाई थाहा छैन । 'लभ र वाइनको अर्को फिचर पनि मिल्छ', नित्यानले भने । स्वभाविक रुपमा प्रश्न जन्मियो, के ? 'वाइन जति पियो त्यसको मात त्यति नै गाढा हुन्छ' नित्यानले भने, 'लभ पनि जति पुरानो भयो त्यसको असर त्यति नै गाढा हुन्छ ।'तीन बर्षदेखि वाइन खान थालेका उनीहरुको दैनिकी भने वाइन होइन । 'महिनामा ७ पल्टसम्म खान्छौ', कम वोल्ने सुसान्तले वाइनको मातसँगै मुख खोले, 'कति खाइयो खाइयो तर व्रान्ड कुनैको याद छैन ।' वाइनको स्वाद एकै हुने भएकाले व्रान्ड याद नभएको उनले बताए । 'फेरी नाम पनि अप्ठ्यारा हुन्छन् वाइनको' सुसान्तले थपे, 'रेड र ह्वाइट थाहा छ वस् ।' मदिरा व्यवशायी श्रेष्ठका अनुसार, पछल्लो समयमा वाइनको माग विपत्तासँग वढेको छ । उनले नेपालमा वाइन कति खपत हुन्छ भन्ने तथ्यांक कसैसँग नभएपनि नक्कल गर्ने वानीका कारण पछिल्लो केही बर्षदेखि वाइनको माग अत्याधिक वढ्न थालेको वताए ।'वाइनले सेक्स अपिल गर्दो रहेछ' एकाएक प्रशंग वदल्दै रुजिनाले भनिन्, 'वाइनले ओठ पातलो र गाला रातो वनाउँछ ।' उनको कुरामा सुसान्तले सहमति कसरी नजनउन् । उनले भने, 'एक्ज्याक्ट्ली, वाइनमा केटीहरु सेक्सी देखिन्छन् नि ।' प्रतिउत्तरमा रुजिनाले भनिन्, 'केटाहरु प्नि ।''वाइनले सेक्सुअल डिजायर वढाउछ भन्छन् नि ?' मेरो प्रश्न खस्न नपाउदै सुमिकाले भनिन्, 'केटाहरुको होला केटीको त होइन ।' उनको हत्तपत्त आएको जवाफले हामी माझ हाँसो फैलियो । हाँसो थामिएपछि नित्यानले भने, 'यसको मतलव केटीहरुलाई डिजायर नै हुदैन है ?' फेरी हाँसो थामिदैन । 'मैले त्यसो भनेको होइन' उनले भनिन्, 'आइ मिन, वाइन खाएको वेला हुदैन, जस्ट लभ फिलिङ्स मात्र वढी हुन्छ ।'केटाहरु वाइन थोरै खाएपनि मातेको नक्कल गर्ने कुरामा दुवै केटीहरु सहमत भए । केटाहरुले प्रतिवाद गरेनन् तर उनीहरुले भने, 'केटीहरु लागे पनि नलागेको नाटक गर्छन् ।' कुरा वरावर ।'वाइन र केटीमा कुन वढी नसालु' मैले सोधे । केटीहरुले वाइन भने केटाहरुले केटी । मत वाझियो । 'मलाई त लाग्छ दुवै उस्तै हुन्' नित्यानले भने । कसरी ? 'वाइनमा अल्कोहल हुन्छ त्यसै नसालु हुने भयो । केटीहरु सेक्सी हुन्छन् त्यो पनि नसा नै हो', उनले गर्ल्फ्रेन्डले कुट्ने हुन्की भन्ठानेर होला दुवै हात समातेर भने । 'हाउ फन्नी एन्सर' उनकी गर्ल्फ्रेन्डले भनिन् ।रातको नौ वजिसकेको थियो । पानी पनि थामिएकाले रेष्टुरेन्ट विस्तारै पातलिन थाल्यो । फेरी कुनै दिन केटी र वाइनको विषयमा कुरा गर्ने अघोषित वाचा गर्दै हामी वतियौ आआफ्नो वाटो ।
स्रोत : नागरिकन्यूज डटकम