Saturday, November 7, 2009

कस्ता सिनेमा रोज्छन् युवा

सधैजसो फिल्म हलहरुमा धाइरहने ताप्लेजुङ्गकी रिता कार्की गोपीकृष्ण मुभिजको लामो भीडमा टिकटका लागि पर्खिरहेकी थिइन गएको शुक्रबार । कलेज डे्रसमै भेटिइकी उनी कलेज बंक गरेर फिल्म हल पुगेकी थिइन । हरेक शुक्रबार नयाँ-नयाँ हिन्दी फिल्म रिलिज हुने गरेकाले शुक्रबार हिन्दी सिनेमा चल्ने नेपाली हलहरुमा दर्शकहरुको बढी भीड लाग्ने गर्छ । रिताका अनुसार उनी हिन्दी फिल्मका अतिरिक्त अंग्रेजी र कोरियन फिल्महरुको समेत फ्यान हुन । भन्छिन्-'नेपालमा पनि अंग्रेजी र कोरियन फिल्म चल्ने हलहरुले राम्रै ब्यापार गर्न सक्थे तर हल नै छैनन् ।' उनको विचारमा हिन्दी फिल्मका दर्शकको जति घुइचो हुन्छ त्यति नै संख्या कोरियन र अंग्रेजी सिनेमा हेर्नेहरुको पनि छ ।
काठमाडौको सामाखुशीस्थित लिङ्कन कलेजका विद्यार्थी सन्दीप महर्जन भन्छन्-'राम्रो अंग्रेजी चलचित्र हेर्दा जति आन्नद आउँछ । त्यति आन्नद नेपाली सिनेमाले दिन सक्दैन् । विशेषगरी अंग्रेजी चलचित्रहरुमा रमाउने सन्दीप आफुले Leonardo de carpio र केन्ट विन्सलेट को टाइटानिक, लियोनार्दो कै द बास्केटबल डायरिज, आर्नलोदको अराउण्ड द वर्ल्ड इन ८० डेज र भोन डामीको स्ट्रीट फाइटरका दुवै सिरिज पाँचपटक भन्दा बढी हेरेको बताउँछन् । हिन्दी र नेपाली सिनेमा भने उनले अझसम्म हेरेका छैनन् । भन्छन्-'हिन्दी सिनेमामा कथाको बिचमा आउने गीत र नेपाली फिल्ममा स्तरीय साउण्ड र भिजुअल क्वालिटीका अभावका कारण मलाई हिन्दी र नेपाली सिनेमा मन पर्दैन ।' लिङकन कलेजकै अर्का विद्यार्थी रवि परिवारको विचार भने उनको भन्दा भिन्न छ । सिनेमाबारे रवि भन्छन्-'फिल्म भनेको समाजको ऐना हो । त्यसैले म प्राय सबै किसिमका फिल्म हेर्छु ।' फिल्म हल जान नरुचाउने रवि घरमा नै डिभिडीहरुको प्रयोग गरेर फिल्म हेर्छन । उनी आफुलाई फिल्मको किरो भन्न रुचाउछन् भन्छन्-'मलाई फिल्मको किरो भन्दा पनि हुन्छ । किनभने मैले अहिलेसम्म बजारमा उपलब्ध भएका प्रायजसो सबै फिल्महरु हेरेको छु ।' उनले ब्राड पीटको मिस्टर एण्ड मिसेज स्मिथ, जोन्नी डिपको Pirates of the carrifean,, अमिताभ बच्चन र आमिर खानको जगिनी उनलाई सबैभन्दा बढी मन परेका फिल्म हुन ।
ललितपुरस्थित युनाइटेड कलेजका विद्यार्थी विजय लामा पनि फिल्मलाई टाइमपासको सबैभन्दा राम्रो माध्यम भएको बताउँछन् । भन्छन्-'फिल्म टाइमपासको लागि सबैभन्दा राम्रो माध्यम हो ।' उनी कमेडी र एक्सन प्रधान फिल्मका फ्यान हुन । विजय कमेडी र एक्सन फिल्म रिलिज हुने बितिकै फिल्म हल धाउँछन् । भन्छन्-'सिनेमा हलमा गएर फिल्म हेर्दा जुन आन्नद छ त्यो घरमै डिभिडी चलाएर हेर्दा प्राप्त गर्न सकिदैन । त्यसैले म पटक-पटक पिल्म हेर्न हल पुग्छु ।' राम्रो फिल्म भनेर नाम लिन नचाहने विजय अक्षयकुमार र प्रणेश रावलको हेरा फेरी भने जतिचोटी हेरेपनि हाँसो उठ्ने बताउँछन् । भन्छन्-'यो सिनेमाको बेजोड अभिनयले जति पटक हेर्दा पनि बोर लाग्दैन ।'
हिन्दी फिल्मका अलावा कोरियन फिल्म हेर्नेहरुको सख्या पनि ठुलै छ । द क्लासिक, माइ स्यासी गर्ल, माई टियुटोर पmाइन्ड, वीनस्ट्रक, टु वियुटीफुल टु लाइ र इन्भर्सल टार्गेटजस्ता कोरियन फिल्महरु नेपाली तन्नेरीहरुका मन पराइएका फिल्महरु हुन ।हिन्दी, अंग्रेजी र कोरियन फिल्ममा नेपाली तन्नेरीहरु चुर्लुम्मै डुबेका छन् । काठमाडौको बसुन्धरास्थित सुरज अडियो भिडियो सेन्टरका संचालक रामकाजीका अनुसार धेरैजसो युवाहरु अंग्रेजी, हिन्दी र कोरियन चलचित्रका डिभिडीहरु किन्छन् । उनका अनुसा पछिल्लो समयमा लभ आजकल, कमिने र तेरेसँगजस्ता हिन्दी चलचित्र, एक्सन प्रधान अंग्रेजी चलचित्र र कोरियन लभस्टोरी भएका फिल्महरुप्रति युवाहरु आकषिर्त छन् । विगत १० वर्षदेखि सीडि, डिभिडीको ब्यापार गर्दै आइरहेका रामकाजी भन्छन्-'४० कटेका मानिसहरुमात्र नेपाली फिल्मका सिडी किन्न आउछन् । युवाहरु भने हिन्दी, अंग्रेजी र कोरियन फिल्म किन्छन् ।
हुनत नेपाली फिल्महरु कसैले नहेर्ने भन्ने होइन । नेपाली पिल्मका दर्शकहरु पनि उतिकै छन् । राजधानीको जमलस्थित विश्वज्योती हलमा भेटिएको फिल्म पारखी तन्नेरीहरुको भीडमा भेटिएकी मनिषा राई, सम्भावना जोशी र शिताष्मा कार्कीको भनाइ छ,-'नेपाली फिल्म हेर्दै नहेरी यसको विश्लेषण गर्नु राम्रो होइन ।' श्रीकृष्ण श्रेष्ठको कहाँ भेटिएला हेर्न हल पुगेका उनीहरु यसअघि भूषण दाहालद्वारा निर्देशित कागबेनी, आलोक नेवाङ्गको सानोसंसार, भुवन केसीको म तिमीबिना मरिहाल्छु लगायत चलचित्रहरु निकै राम्रो बनेको बताए । उनीहरुका अनुसार नेपाली सिनेमा जगतमा यी सिनेमाहरुले नयाँ टे्रन्ड भित्र्याएका छन् । कागबेनी र सानो संसारले त हिन्दी सिनेमाहरुको तुलनामा स्तरीय भएकोमा उनीहरुको एकमत छ । भन्छन्-'कतिपय हिन्दी सिनेमाहरुको तुलनामा त कागबेनी र सानोसंसार त धेरै स्तरीय छन् ।' रिलिज हुने तयारीमा रहेको मेरो एउटा साथी छ ले पनि गुणस्तरीयताको उचाइ थप्ने उनीहरुको विश्वास छ । 'मेरो एउटा साथी छ पनि निकै स्तरीय फिल्म बनेको छ उनीहरुले एकश्वरमा भने ।
धेरै दर्शकहरु लगानीको अभावले गर्दा नेपाली सिनेमा हेर्न दर्शकको संख्या घट्दै गएको बताउछन् । तापनि समान प्रस्तुती शैली, कथावस्तुमा रहेको गोलचक्कर, पूरानो प्रविधीजस्ता कुराहरुले पनि नेपाली चलचित्रका दर्शकहरु घटेका हुन । फरक स्वादका चलचित्र निर्माण भए यसले राम्र्रै दर्शक तान्न सक्ने कुरा सानो संसार र कागबेनीजस्ता फरक प्रस्तुती र फरक स्वाद चलचित्रहरुले पुष्टि गरिसकेका छन् । यी फिल्महरुले ठुला शहरका हिन्दी र अंग्रेजी सिनेमा दर्शकहरुलाई पनि तानेका थिए । यसबाट के स्पष्ट हुन्छ भने नेपाली दर्शकहरुले नयाँपन खोजिरहेका छन् । क्वेस्ट इन्टरटेनमेन्ट अन्तर्गत जय नेपाल हलका बुकिङ्ग सुपरभाइजर मञ्जु गुरुङ्गका अनुसार कुमारी र जय नेपाल हलका ९० प्रतिशत दर्शकहरु युवा तन्नेरीहरु नै हुन । उनका अनुसार नेपाली युवाहरु बिशेषगरी पारिवारीक, कमेडी, लभ स्टोरी र एक्सन प्रधान चलचित्रप्रति बढी आकषिर्त छन् ।
दर्शकहरुको बाक्लो उपस्थिती रहने कुमारी र जय नेपाल हलमा नेपाली सिनेमाहरु भने चलाइदैन । मञ्जुका अनुसार-'टिपीकल नेपाली फिल्म हेर्न चाहने हाम्रो हलको टिकट रेट धेरै छ । जसका कारण नेपाली फिल्म हेर्न आउने दर्शक हत्तपत्त हाम्रो हलमा आउदैनन् । त्यसैले हामी सेलेक्टेड नेपाली फिल्म बाहेक अरु देखाउदैनौं ।' जे भएपनि नेपाली बजारमा स्वदेशी सिनेमा रुचाउनेहरु भन्दा विदेशी सिनेमा रुचाउने युवाहरुको जमात बढी छ ।
-संजीव गिरी

डेटिङ स्पट बन्दैछ पोखरा

- सञ्जीव गिरी
पोखराको सिर्जनाचोकमा आफ्ना ब्वाइफ्रेण्डसँगै भेटिएकी मेगा लामाका शब्दमा पोखरा सबैभन्दा राम्रो 'डेटिङ स्पट' हो, जहाँ प्राकृतिक सुन्दरताको आनन्दमा माया साट्न पाइन्छ ।
पृथ्वीचोकका बिमल गुरुङ माया फुलाउने र फलाउने राम्रो गन्तव्य मान्छन् पोखरा । भन्छन्- "काठमाडौँदेखि पोखरासम्म युवायुवतीहरु आफ्नो माया साट्न आउँछन् । यो त 'लभस्पट' बनिसक्यो । यहाँ आएपछि युवायुवतीहरु आफ्नो मायामा प्राकृतिक सौन्दर्यका कारणले मलजल पुग्ने विश्वास गर्छन् ।"
भर्खरै प्लस टु सकेर काठमाडौँबाट लिभिङ टुगेदर बस्न पोखरा पुगेकी चाबहिल निवासी सीतु नेपालले पोखरा 'सेक्सी' स्पोट भएको बताइन् । उनको विचारमा हनिमुन मनाउन धेरै मान्छेहरु पोखरा आउनुको कारण यही हो । भन्छिन्- "यो अरु ठाउँको तुलनामा बढी ओपन र आकर्षक छ । त्यसैले पनि यो ठाउँमा लिएको आनन्द अरु ठाउँको भन्दा निक्कै फरक छ ।
लेकसाइडमा रेष्टुराँ चलाउँदै आएका सुमन परिवर्तित पोखराको बयान गर्दै भन्छन्- "यहाँ एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, अर्काको स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।"
पर्यटकीय नगरी पोखरा प्राकृतिक सौन्दर्यता भरिपूर्ण ठाउँ हो । माछापुच्छे हिमालय रेञ्जदेखि सारङकोट र फेवातालको मोहनीले सबैलाई लोभ्याउँछ । पश्चिमा देशहरुबाट आएका पर्यटकहरुको बाक्लो उपस्थिति रहने यो शहरलाई आधुनिक जीवनशैलीले विस्तारै गाँजिरहेको छ । नेपाली पुरातन, रुढीवादी सँस्कृति र मूल्य मान्यतालाई ठाडो चुनौती दिँदैछ यो शहर । यहाँका युवायुवतीहरु निष्पिmक्री चराझैँ खुला संसारमा रमाउन चाहन्छन्, जहाँ कुनै रीतिरिवाजका बन्धनले नछेकून् ।यतिखेर त्यस्तै समाजको झल्को दिँदैछ पोखरा शहर । यहाँका युवायुवतीहरु विदेशी पर्यटकजस्तै देखिन्छन् । केटीसँग सार्वजनिकस्थलमा हिड्न बन्देज भएको नेपाली समाज निकै पर पुगिसकेको भान हुन्छ । युवायुवतीहरु एकअर्काको अगालोमा कस्सिएर हिडिरहेका भेटिन्छन् । शहरमा छोटा पहिरन र पारदर्शि लुगा लगाएर निर्धक्क हिडनेहरु तमाम भेटिन्छन् ।पोखराको युवाजमातको जीवनशैली फेरिएको छ । 'विवाह' होइन, 'लिभिङ टुगेदर'को अभ्यास थाल्दैछन् उनीहरु । 'सेक्स' र 'डेटिङ'को मामिलामा पनि नयाँ जेनेरेशन उदार बन्दै गएको छ । पर्यटकहरुको नक्कल गर्दै युवायुवतीहरु लिभिङ टुगेदर रिलेसनसीपसम्म पुगेका छन् ।घडीले साँझको पाँच बज्न लागेको सङ्केत गरेको थियो । सनसेट हेर्न आफ्ना प्रेमीसँग कस्सिदै बाइकमा फेवातालको यात्रामा निस्केकी थिइन् रमा गुरुङ । सधैजसो साँझपख फेवाताल पुग्ने रमा र नरेशको जोडी फेवाताल छेउमा गफ गर्दा ठूलो आनन्द प्राप्त हुने बताउँछ । रमा भन्छिन्- "यहाँ आउँदा हामी एकअर्कालाई भुल्छौँ र मायाको बेग्लै आनन्द आउँछ ।"उनीहरुजस्तै कैयौँ जोडीहरु सारङकोट, फेवाताल, बेगनास ताल र सेती नदी छेउछाउका रमाइला स्थानहरुमा माया साटिरहेका भेटिन्छन् । अधिकांश कलेज पढ्ने युवायुवतीहरु एकान्त र रमाइलो ठाउँको खोजीमा भेटिन्छन् । तालको छेउछाउमा माया साट्नेहरु पनि धेरै भेटिन्छन् । एकान्त ठाउँमा मायालुलाई अङ्कमाल र चुम्बन गरेका दृश्यहरु निकै रोचक देखिन्छन् । "चुम्बनको स्पर्शमा एकअर्कालाई भुल्नु अब नयाँ कुरा रहेन"- तालको संरक्षणमा खटिएका कर्मचारी प्रकाश अर्यालले भने ।सार्वजनिक ठाउँमै किस गर्ने सँस्कृतिले पोखरेली युवायुवतीहरुलाई थप खुल्ला बनाएको छ । बेगनास तालछेउमा चिया पसल चलाइरहेका गोपी गुरुङ भन्छन्- "आजकलका टिनएजरहरुलाई पर्यटकहरुले झन खुल्ला हुन सहयोग गरेका छन् । उनीहरुका क्रियाकलापले पोखरेलीहरुको मनोबल बढाइरहेको छ । परिवारसँग आउन त लाजै लाग्छ ।"पोखरा पर्यटकीय नगर भएकोले पर्यटकका कतिपय अपाच्य गतिविधि टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । "यसले गर्दा पोखरेली युवायुवतीहरु ओपन माइण्डेड भने हुन थालेका छन् ।
"लेकसाइड निवासी वसन्ती गुरुङ पनि अधिकांश केटाकेटीहरु सारङकोटमा जोडीसहित आउने गरेको बताउँछिन् । भन्छिन्- "अधिकांश टिनएज उमेरका केटाकेटीहरु यहाँ आउँछन्, जो अधिकांश समय आपसमा जिस्किने, अँगालोमा बस्ने र चुम्बन गर्ने गर्छन् ।"पोखराको एकहप्ते यात्रा तय गरेर अमेरिकाबाट आएका जर्ज विन्गेट भने पोखरेली युवाहरुमा आएको यो परिवर्तनको मुख्य कारण पर्यटकहरु भएको कुरामा सहमत छैनन् । "पर्यटककै कारणले परिवर्तन आयो भन्नु गलत हो"- उनी भन्छन्- "सूचना प्रविधिमा आएको क्रान्तिका कारण पनि यस्तो परिवर्तन देखिएको हो ।" उनले पोखरामा मात्र नभई यस्तो परिवर्तन काठमाडौँ, धरान र इलाममा पनि देखिएको बताए ।मेगा, बिमल र सीतुजस्तै तमाम युवाहरुको सबैभन्दा पहिलो रोजाइ पोखरा बनेको छ । यसले फेरिएको सामाजिक र साँस्कृतिक जीवनको पनि स्पष्ट चित्र देखाइसकेको छ ।स्रोत: नेपालीपत्र डटकम