
-
सञ्जीव गिरीपोखराको सिर्जनाचोकमा आफ्ना ब्वाइफ्रेण्डसँगै भेटिएकी मेगा लामाका शब्दमा पोखरा सबैभन्दा राम्रो 'डेटिङ स्पट' हो, जहाँ प्राकृतिक सुन्दरताको आनन्दमा माया साट्न पाइन्छ ।
पृथ्वीचोकका बिमल गुरुङ माया फुलाउने र फलाउने राम्रो गन्तव्य मान्छन् पोखरा । भन्छन्- "काठमाडौँदेखि पोखरासम्म युवायुवतीहरु आफ्नो माया साट्न आउँछन् । यो त 'लभस्पट' बनिसक्यो । यहाँ आएपछि युवायुवतीहरु आफ्नो मायामा प्राकृतिक सौन्दर्यका कारणले मलजल पुग्ने विश्वास गर्छन् ।"
भर्खरै प्लस टु सकेर काठमाडौँबाट लिभिङ टुगेदर बस्न पोखरा पुगेकी चाबहिल निवासी सीतु नेपालले पोखरा 'सेक्सी' स्पोट भएको बताइन् । उनको विचारमा हनिमुन मनाउन धेरै मान्छेहरु पोखरा आउनुको कारण यही हो । भन्छिन्- "यो अरु ठाउँको तुलनामा बढी ओपन र आकर्षक छ । त्यसैले पनि यो ठाउँमा लिएको आनन्द अरु ठाउँको भन्दा निक्कै फरक छ ।
लेकसाइडमा रेष्टुराँ चलाउँदै आएका सुमन परिवर्तित पोखराको बयान गर्दै भन्छन्- "यहाँ एक अर्कालाई चुम्बन गर्नु, अँगालोमा कस्नु, अर्काको स्पर्शमा रमाउनु नयाँ कुरा रहेन ।"
पर्यटकीय नगरी पोखरा प्राकृतिक सौन्दर्यता भरिपूर्ण ठाउँ हो । माछापुच्छे हिमालय रेञ्जदेखि सारङकोट र फेवातालको मोहनीले सबैलाई लोभ्याउँछ । पश्चिमा देशहरुबाट आएका पर्यटकहरुको बाक्लो उपस्थिति रहने यो शहरलाई आधुनिक जीवनशैलीले विस्तारै गाँजिरहेको छ । नेपाली

पुरातन, रुढीवादी सँस्कृति र मूल्य मान्यतालाई ठाडो चुनौती दिँदैछ यो शहर । यहाँका युवायुवतीहरु निष्पिmक्री चराझैँ खुला संसारमा रमाउन चाहन्छन्, जहाँ कुनै रीतिरिवाजका बन्धनले नछेकून् ।यतिखेर त्यस्तै समाजको झल्को दिँदैछ पोखरा शहर । यहाँका युवायुवतीहरु विदेशी पर्यटकजस्तै देखिन्छन् । केटीसँग सार्वजनिकस्थलमा हिड्न बन्देज भएको नेपाली समाज निकै पर पुगिसकेको भान हुन्छ । युवायुवतीहरु एकअर्काको अगालोमा कस्सिएर हिडिरहेका भेटिन्छन् । शहरमा छोटा पहिरन र पारदर्शि लुगा लगाएर निर्धक्क हिडनेहरु तमाम भेटिन्छन् ।पोखराको युवाजमातको जीवनशैली फेरिएको छ । 'विवाह' होइन, 'लिभिङ टुगेदर'को अभ्यास थाल्दैछन् उनीहरु । 'सेक्स' र 'डेटिङ'को मामिलामा पनि नयाँ जेनेरेशन उदार बन्दै गएको छ । पर्यटकहरुको नक्कल गर्दै युवायुवतीहरु लिभिङ टुगेदर रिलेसनसीपसम्म पुगेका छन् ।घडीले साँझको पाँच बज्न लागेको सङ्केत गरेको थियो । सनसेट हेर्न आफ्ना प्रेमीसँग कस्सिदै बाइकमा फेवातालको यात्रामा निस्केकी थिइन् रमा गुरुङ । सधैजसो साँझपख फेवाताल पुग्ने रमा र नरेशको जोडी फेवाताल छेउमा गफ गर्दा ठूलो आनन्द प्राप्त हुने बताउँछ । रमा भन्छिन्- "यहाँ आउँदा हामी एकअर्कालाई भुल्छौँ र मायाको बेग्लै आनन्द आउँछ ।"
उनीहरुजस्तै कैयौँ जोडीहरु सारङकोट, फेवाताल, बेगनास ताल र सेती नदी छेउछाउका रमाइला स्थानहरुमा माया साटिरहेका भेटिन्छन् । अधिकांश कलेज पढ्ने युवायुवतीहरु एकान्त र रमाइलो ठाउँको खोजीमा भेटिन्छन् । तालको छेउछाउमा माया साट्नेहरु पनि धेरै भेटिन्छन् । एकान्त ठाउँमा मायालुलाई अङ्कमाल र चुम्बन गरेका दृश्यहरु निकै रोचक देखिन्छन् । "चुम्बनको स्पर्शमा एकअर्कालाई

भुल्नु अब नयाँ कुरा रहेन"- तालको संरक्षणमा खटिएका कर्मचारी प्रकाश अर्यालले भने ।सार्वजनिक ठाउँमै किस गर्ने सँस्कृतिले पोखरेली युवायुवतीहरुलाई थप खुल्ला बनाएको छ । बेगनास तालछेउमा चिया पसल चलाइरहेका गोपी गुरुङ भन्छन्- "आजकलका टिनएजरहरुलाई पर्यटकहरुले झन खुल्ला हुन सहयोग गरेका छन् । उनीहरुका क्रियाकलापले पोखरेलीहरुको मनोबल बढाइरहेको छ । परिवारसँग आउन त लाजै लाग्छ ।"पोखरा पर्यटकीय नगर भएकोले पर्यटकका कतिपय अपाच्य गतिविधि टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । "यसले गर्दा पोखरेली युवायुवतीहरु ओपन माइण्डेड भने हुन थालेका छन् ।
"लेकसाइड निवासी वसन्ती गुरुङ पनि अधिकांश केटाकेटीहरु सारङकोटमा जोडीसहित आउने गरेको बताउँछिन् । भन्छिन्- "अधिकांश टिनएज उमेरका केटाकेटीहरु यहाँ आउँछन्, जो अधिकांश समय आपसमा जिस्किने, अँगालोमा बस्ने र चुम्बन गर्ने गर्छन् ।"पोखराको एकहप्ते यात्रा तय गरेर अमेरिकाबाट आएका जर्ज विन्गेट भने पोखरेली युवाहरुमा आएको यो परिवर्तनको मुख्य कारण पर्यटकहरु भएको कुरामा सहमत छैनन् । "पर्यटककै कारणले परिवर्तन आयो भन्नु गलत हो"- उनी भन्छन्- "सूचना प्रविधिमा आएको क्रान्तिका कारण पनि यस्तो परिवर्तन देखिएको हो ।" उनले पोखरामा मात्र नभई यस्तो परिवर्तन काठमाडौँ, धरान र इलाममा पनि देखिएको बताए ।मेगा, बिमल र सीतुजस्तै तमाम युवाहरुको सबैभन्दा पहिलो रोजाइ पोखरा बनेको छ । यसले फेरिएको सामाजिक र साँस्कृतिक जीवनको पनि स्पष्ट चित्र देखाइसकेको छ ।स्रोत: नेपालीपत्र डटकम
No comments:
Post a Comment